काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनुभएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनताको हित र कल्याणका लागि सुकुम्बासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रम अघि सारेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको उल्लेख गर्नुभएको छ ।