फाइल तस्वीर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार सोमबार एकैदिन ५ लाखभन्दा बढी मानिसले कोरोना विरुद्ध खोप लगाएका छन् । दैनिक खोप लगाउनेको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३ सय १९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक २ लाख व्यक्तिलाई खोप लगाउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको छ । नेपालमा हालसम्म लक्षित जनसंख्याको ६८ दशमलव १ प्रतिशतले कम्तीमा एक मात्रा र ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।