लक्ष्मी बास्कोटा

काठमाडांै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली तथा वर्षा भएको छ । हिमाली तथा उच्चपहाडी क्षेत्रमा अधिकांश भू–भागमा हिमपात भएको छ । काठमाडौं उपत्यकाका डाँडाहरुमा पनि यस वर्ष बाक्लो हिउँपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, सिमभञ्याङ, दामन, शिवपुरलगायतका डाँडाहरुमा बाक्लो हिउँ परेको छ ।

त्यसैगरी जुम्ला, हुम्ला, डोल्पा जिल्लाको अधिकांश भू–भाग, डोटीको झिग्राना, सिलगढी, मनाङका सबै क्षेत्र म्याग्दीका माथिल्लो क्षेत्रका साथै हिमाली र उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको छ । हिमपातको कारण त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । कतिपय हिमाली जिल्लाहरुमा बाक्लो हिमपातका कारण खानेपानीका पाइपहरुमा पानी जमेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा परेको हिमपातले खानेपानीमा समेत समस्या देखिएको स्थानीयवासीहरुको भनाइ छ ।


काठमाडौं उपत्यका क्षेत्र धेरैवर्ष पछि परेको बाक्लो हिउँ परेको रमणीय दृश्य हेर्न मानिसहरुको ओहिरो लाग्न थालेको छ । हिउँसँग खेल्न रमाउनेहरु यतिबेला चन्द्रागिरीको डाँडो आकर्षकको केन्द्र बनेको छ । त्यहाँ बाक्लो हिमपात भएको छ ।