रौतहट – रौतहटमा जन्ती लिएर घर फर्किदै गरेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । रौतहट प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटना भएको हो । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका– १ स्थित जयनगरमा स्करपियो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

तीव्र गतिको स्करपियो अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको मल्लले बताउनुभयो । घाइते तीन जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

मृतक ६ जना गढीमाई नगरपालिका वडा नम्बर ३ का हुन् । मृत्यु हुनेमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाद, २५ वर्षीय सेख छोटु, ५५ वर्षीय डा.मसिफिर, १५ वर्षीय सेख अतिउल्लाह रहनुभएको छ । अन्दाजी ४५ वर्षीय एक जनाको भने पहिचान खुलेको छैन ।