काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आफूबाटै सांस्कृतिक क्रान्तिको थालनी गर्ने दावी गर्नु भएको छ । अध्यक्ष प्रचण्डले मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांस्कृतिक क्रान्ति लगाएत सबै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु गर्ने बताउनु भएको हो ।


अध्यक्ष प्रचण्डले सांस्कृतिक क्रान्तिका लागि आफु फिल्डमा जाने बताउनु भएको छ । त्यस्तै स्थायी समितिका सदस्य मातृकाप्रसाद यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब सबैले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउनु भयो । नेता यादावले अध्यक्ष प्रचण्डमात्र रूपान्तरण भएर नपुग्ने भन्दै त्यसका लागि नेता कार्यकता सबै तयार हुनुपर्नेमा जोड दिनु भएको छ ।