राम कार्की, फाइल तस्वीर ।
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी आठौं राष्ट्रिय महाधिवेशनमा पेश गर्नुभएको प्रतिवेदनप्रति स्थायी समितिका सदस्य राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ । नेता कार्कीले अध्यक्ष ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा ‘केही पूरक र केही नवीन धारणा’ प्रस्तुत गर्नु भएको हो ।

मजदुर–किसानजस्ता आधारभूत तहका जनताको निगरानी विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म सङ्खीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुने नेता कार्कीको भनाइ रहेको छ । स्थायी समितिका सदस्य कार्कीले ‘सङ्घीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याइदियो, तर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन । अर्थात्, मजदुर–किसानजस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो सङ्घीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुनेछ,’ भन्दै फरक धारणा राख्नुभएको छ । नेता कार्कीको यो धारणाले अध्यक्ष प्रचण्डको प्रतिवेनदमा थप सुधार हुने छलफलमा सहभागि केही प्रतिनिधिहरुले बताएका छन् ।
अध्यक्ष प्रचण्डले हिजो पेश गर्नुभएको प्रतिवेदन माथि आज २५ समूहमा विस्तृत छलफल भैरहेको छ । यी समूहबाट प्राप्त टिप्पणी, सुझावहरुलाई समेटेर भोलि नेताहरुबीच छलफल हुने माओवादी केन्द्रले जनाएको छ । स्थायी समितिका सदस्य राम कार्कीले अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रतिवेदनमा प्रति फरक धारणा यसरी राख्नुभएको छ ।
केही पुरक, केही नवीन धारणाहरू