काठमाडौं – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत भएको दस्तावेजका विषयमा टिप्पणी गर्नुभएको छ ।

पूर्व माओवादी नेता समेत रहनुभएका भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सरसर्ती पढ्दा अबोध कार्यकर्ता केही वर्ष अरु झुक्किने भएको बताउँदै काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लागेको बताउनुभएको छ ।