काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चालु राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डद्वारा बन्दसत्रमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन गरिएको हो । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गर्नुभएको ।

यसैगरी प्रदेश नम्बर एकलाई दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका गर्नुभएको छ । यस्तैगरी प्रदेश नम्बर दुईलाई पनि दुई समूहमा विभाजन गरी नेता गणेश साहले नेतृत्व गर्नुभएको छ । प्रत्येक प्रदेशको समूह बनाइएको छ । लुम्बिनी प्रदेशको समूहको नेतृत्व चक्रपाणि खनाल हुनुहुन्छ भने गण्डकी प्रदेशको नेतृत्वको जिम्मा गायत्री गुरुङलार्ई दिइएको छ ।

यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् । पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।