काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो ।

आठौँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश हुनेछ । प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा बाँडिएको छ ।

यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी रहेका छन् ।