काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष मण्डल गठन गरेको छ । जारी महाधिवेशनअन्तर्गत सुरु भएको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्ष मण्डलमा कृष्ण बहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल, परशुराम तामाङ र रुपा श्रेष्ठ महर्जन रहेका छन् । जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरिने भएको छ ।

यसैगरी राष्ट्रिय अधिवेशनमा पार्टीको विधान संशोधनको प्रस्ताव पेश हुनेछ । विधार संशोधनको प्रस्ताव स्थायी समितिका सदस्य देवप्रसाद गुरुङले पेश गर्ने कार्यक्रम रहेको छ ।