काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गर्नुभएको मुद्दा आज पेशीमा चडेको छ । न्यायधीश तेजवहादुर केसी र टङ्कबहादुर मोक्तानको सयुक्त ईजलासमा मुद्दाको पेशी तोकिएको छ ।

नेकपा एमालेले गत साउन २७ गते नेपालसहित १४ सांसदलाई निष्काशन गरेर सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो । तर सभामुख अग्नि सापकोटाले निष्काशनको सुचना टाँस नगरेको र निर्बाचन आयोगले दल दर्ता गरेको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो ।

एमालले सासंदहरु माधब नेपाल मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवललाई पार्टीबाट निष्काशन गरेको थियो ।