काठमाडौं – बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले आज सोमबार एक सार्वजनिक सूचना जारी गरेर सह–लेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।

आयोगले २ सय ९७ पदका लागि विज्ञापन आह्वान गरेको छ । आगामी माघ २ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।