काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश मैनालीले नेपाल कतै प्रयोगशाला त बन्ने होइन भन्दै चिन्ता प्रकट गर्नु भएको छ । नेकपा माओवादी केन्द्रको काठमाडौंमा सुरु भएको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिनेक्रममा महासचिव मैनालीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।


नेकपा मालेका महासचिव मैनालीले जनताहरुले पटकपटक व्यवस्था बदलिए पनि हाम्रो अवस्था नफेरिएको भन्दै जनताले नेताहरुसँग निकै गुनासो गरेको धारणा व्यक्त गर्नुभयो । नेता मैनालीले ‘जनता किन यस्तो भयो भनी आक्रोशित छन् । नेपाल कतै प्रयोगशालामात्र बन्ने त होइन’ भनी चिन्ता पनि व्यक्त गर्नुभएको छ ।