काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार उक्त पार्टीको महाधिवेशन सुरु भएको हो ।


महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन प्रधानमन्त्री एवंम नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरु प्रज्ञा प्रतिष्ठान पुगिसक्नुभएको छ ।


माओवादी केन्द्रले यसअघि राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि अन्तिम समयमा आएर पार्टीको आठौं महाधिवेशनको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । हिजो शनिबार बसेको पार्टीको स्थायी समितिको बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । यो महाधिवेशन पछि माओवादी केन्द्र बहुपदीय प्रणालीमा जाने भएको छ ।


माओवादी केन्द्रले अहिले राष्ट्रिय सम्मेलन गरेको भए आगामी नौं महिनामा पार्टीको महाधिवेशन गर्नुपर्ने थियो । त्यसैले राष्ट्रिय सम्मेलनको अन्तिम समयमा आएर राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गरेको बताइएको छ ।