फाइल तस्वीर
काठमाडौं– नेकपा (माओवादी केन्द्र) को आजदेखि तीन दिन पार्टीको महाधिवेशन हुँदैछ । महाधिवेशनको उद्घाटनका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई निमन्त्रण गरिएको छ । सोही क्रमामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आपैmंले फोन गरेर पार्टीको आजदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रुपमा आउन निम्ता गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आपैंm फोन गरेर निम्ता दिनु भएकोे छ ।


राजनीतिमा कोही स्थायी सत्रु र कोही स्थायी मित्रु हुँदैनन् भनिन्छ । अध्यक्ष प्रचण्डले सहिष्णुताको राजनीतिक चरित्र देखाउनुलाई एउटा नेतामा हुनुपर्ने चरित्र पनि हो यो । यद्यपि, गत मङ्सिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निम्ता गरिएको भएता पनि उहाँ चितवन नगै आफ्नो प्रतिनिधिको रुपमा स्थायी समितिका सदस्य लीलामणि पोखरेललाई पठाउनु भएको थियो ।
पार्टी विभाजनपछि लामो समयसम्म दुई शीर्ष नेताहरुबीच बोलचाल र भेटघाट बन्द थियो । मङ्सिर २४ राजधानीमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा दुवै शीर्ष नेता एउटा मञ्चमा देखिए । तर त्यहाँ उहाँहरुबीच कुनै सम्वाद भएन । काङ्ग्रेसलाई शुभकामना दिने क्रममा दुवै नेताले एकले अर्कोलाई छेड हानेर भाषाण गरेका थिए ।


माओवादी केन्द्रका अधयक्ष प्रचण्डले महाधिवेशनमा अतिथिको रुपमा आउन फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शङ्कर पोखरेललाई पठाउने जवाफ दिनुभयो । माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ । आज तीन बजे सुरु हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीष नेताहरु सहभागी हुनुहुने भएको छ ।