फाइल तस्वीर

काठमाडौं— नेपाली काङ्ग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको बैठक अघि आज शुक्रबार नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री सभापति शेरबहादुर देउवासहितका दुई हप्ताअघि सम्पन्न १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको बैठक बालुवाटारमा बसिरहेको छ ।


पदाधिकारी बैठकमा डा.शेखर कोइराला समूहबाट निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको उपस्थिति रहेको छ । पदाधिकारीमा शेखर कोइराला प्यानलबाट गुरुङ र थापा मात्रै निर्वाचित हुन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म गरी नयाँ केन्द्रीय समितिमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको झण्डै दुई तिहाइ बहुमत सदस्य सङ्ख्या रहेको छ ।

अहिले बालुवाटारमा भैरहेको बैठक भोलि शनिबार पार्टी कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल भैरहेको स्रोतको बनाइछ । काङग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नर्या केन्द्रीय समिति बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । उक्त बैठक बस्नु अघि नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरुको शपथ र प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ ।