विराटनगर – नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनुभएको छ । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नेम्वाङले १ सय ६९ मत प्राप्त गर्नुभएको थियो । मेन्याङ्बोले ६४ मत पाउनुभएको थियो । तीनैजना उपाध्यक्षमा देवान चाम्लिङको १ सय २०, शिवकुमार डाँगीको १ सय १३ र मणिकुमार साम्पाङको १ सय ११ मत सहित विजयी हनुभएको छ ।

एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनुभएको छ । उहाँले १ सय ४८ मत ल्याउनुभएको छन् भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याएर पराजित हुनुभएको छ । ३ जना सहसचिवमा कुमारी राई १ सय १४ मत, ऋषिराम ढुङ्गाना ९५ मत र सागर किराँती ७३ मत ल्याएर विजयी हुनुभएको छ । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुनुभएको छ ।

नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २ सय ४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भएको बताइएको छ । माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।