काठमाडौं – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीको धारणा एउटै रहेको बताएको छ । आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा उही रहेको बताउनुभयो । प्रवक्ता महराले भन्नुभयो, ‘हाम्रो पार्टीको धारणा अहिलेसम्ममा परिमार्जन नगरी राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने हो ।’

संसदको चालु हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउने प्रयास भइरहेका बेला पाँच दलीय सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले परिमार्जन बिना एमसीसी अघि बढाउन नहुने अडान लिदैं आएको छ ।