काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो बस्दैछ । आज बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १० औं अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

संसद सचिवालयले आज बुधबारका लागि हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूची यसप्रकार रहेको छ ।