काठमाडौं – काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटपिट गरेका छन् । विद्यार्थीहरुले ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् । टाउकोमा चोट लागि घाइते हुनुभएका शिक्षक पुडासैनीलाई उपचारका लागि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ ।

घटनबारे आरआर क्याम्पसका प्राध्यापक डा. कुन्दन अर्याले सामाजिक सञ्जालमा लेख्नुभएको छ– “आज बिहान सबेरै कक्षा सकेर निस्कदा सुन्नुपर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे ।“ त्यसैगरी पत्रकार तथा गुरु जगत नेपालले भन्नुभयो, “मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो । “

त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त !??? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ! ???