काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको हो । बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । आजको बैठकका लागि सम्भावित चार कार्यसूची सार्वजनिक गरिएको छ ।

जसअनुसार कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ । यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यता सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संसदमा नाराबाजी गर्दै आएको छ ।