काठमाडौं – नेपाली काङ्ग्रसका नेता तथा रक्षामन्त्री डा.मीनेन्द्र रिजालले दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो ।

राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्नुभएको छ । गत बिहिबार अर्थात् पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।