प्रतिकात्मक तस्वीर

काठमाडौं– राजधानीको बानेश्वरमा रहेका इन्द्रेणी फुडल्याण्डमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीम हलमा आगो लागेको हो । इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी हुन गएको भन्दै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले अहिले आगो निभाउने प्रयास भइरहेको छ । इन्द्रेणी ग्रुपले सञ्चालन गरेको इन्द्रणी स्विट्स होटलमा जीम हलसँगै बेभ लाउन्ज पनि सञ्चालनमा छ । आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण आउन बाँकी छ । अहिले आगो निभाउने काम भैरहेको छ ।