फाइल तस्वीर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सर्वदलीय बैठक सुरुभएपछि बैठकस्थलबाट बाहिरिनु भएको छ । निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सर्वदलीय बैठकमा आफ्नो अर्को कार्यक्रम रहेको जानकारी गराएर अध्यक्ष नेपाल उक्त बैठक छोडेर पार्टीको काम विशेषले निस्कनु भएको स्रोतले बताएको छ ।

चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिनु भएको हो । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का पार्टीका वरिष्ठ नेता झलनाथ खनालभने बैठकमा सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकको मुख्य एजेण्डा भनेको प्रमुख प्रतिपक्षी दल एमालेद्वारा गरिएको संसदको गतिरोध खुलाउने र अमेरिकी सहयोग एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् । एमसीसी परियोजना नेपालको राष्ट्रिय अस्मितासँग जोडिएको भन्दै देशभर ठूलो विरोध भैरहेको छ ।