काठमाडौं – सरकारले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भरपाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारवाही गरेको विभागले कारवाही गरेको हो ।


गत कात्तिक महिनामा नै औषधी व्यवस्था विभागले त्यस्ता औषधि पसलहरुलाई कारवाही गरेको प्रवक्ता सन्तोष केसीले बताउनु भएको छ । त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको ) भन्दै प्रवक्ता केसीले औषधि पसलहरु औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि ति पसलहरु दर्ताविनै सञ्चालन गरेको पाइएको हुँदा कारवाही गरिएको हो ।


काठमाडौं उपत्यका लगायत देशका अधिकाङ्श जिल्ला र ग्रामीण क्षेत्रमा दर्ता नगरी अनधिकृत रुपले त्यस्ता औषधि पसलहरु सञ्चालन भैरहेका छन् । अवैध रूपमा सञ्चालन भइरहेका यस्ता औषधि पसलले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको औषधि व्यवस्था विभागको भनाइ छ । प्रवक्ता केसी ‘कात्तिक महिनामा भएको बजार अनुगमनमा सबैभन्दा बढी कैफियत व्यवसायी अनुपस्थित भएको पाइएको छ । औषधि बिक्री–वितरण गर्दा चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम फर्मासिस्ट वा व्यवसायीले गर्नुपर्ने हुन्छ,’ केसीले भने, ‘निरीक्षणका क्रममा धेरै व्यवसायी अनुपस्थित भेटिएका छन्’ भन्नुहुन्छ ।

निलम्बनमा परेका औषधि पसलहरु

विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला परेपछि १७ औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको छ । निलम्बनमा पर्नेमा स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधि पसल, दीर्घायु मेडिको फर्मा, स्याउला वास.पस, दीपक फार्मेसी, युजल फार्मेसी छन् । त्यसैगरी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, निर्जल फार्मेसी म्हसिका फार्मेसी, असम मेडिकल हल, सभ्यता मेडिकल हल, र सुखायु आयुर्वेदिक निलम्बनमा परेका छन् ।