मतगणना, फाइल तस्वीर
काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको ३५ खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको परिणाम अहिलेसम्म आउन सकेको छैन । खुलातर्फको केन्द्रीय सदस्य पदको लागि सानेपास्थित काङ्ग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ । हिजो शनिबारदेखि केन्द्रीय सदस्यका लागि मतगणना भइरहेको छ ।


अहिलेसम्मको मतगणनामा डा.शशाङ्क कोइराला अगाडि रहेको निर्वाचन समितिले जनाएको छ । डा. शशाङ्कले दुई हजार नौं सय ९३ मत ल्याएर अग्रस्थानमा छन् । त्यसैगरी एक हजार पाँच सय ३८ मत प्राप्तगरी एनपी साउद दोस्रो स्थानमा छन् । गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणले एक हजार सात मत प्राप्त गरेका छन् भने रमेश लेखकले एक हजार चार सय ५१, उदय शमशेर राणाले एक हजार चारसय ४५, शङ्कर भण्डारीले एक हजार चार सय ३७ र ज्ञानेन्द्रबहादुर कार्कीले एक हजार चार सय २३ मत पाएका छन् । केन्द्रीय सदस्यका लागि ९९ जना आकाङक्षीहरु प्रतिस्पर्धामा छन् ।


यसमध्येबाट सबैभन्दा धेरै मत प्राप्त गर्ने ३५ जना पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनेछन् । आज दिउँसोसम्ममा सबै केन्द्रीय सदस्यहरुको मतगणनाको नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।