फाइल तस्वीर

काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुन जंगबहादुर सिंह विजयी हुनुभएको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले २ हजार ५ सय ७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो ।

काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सिंहका प्रतिस्पर्धी दीपकजङ्ग शाहले २ हजार ५६ मत प्राप्त गर्नुभएको छ । मतदानमा जम्मा ४ हजार ६ सय ७२ मत खसेको थियो । जसमध्ये ३९ मत बदर भएको समितिले जनाएको छ ।