काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना अहिले १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार सबै पदाधिकारीको मतगणना सकिएसँगै आज बिहान १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काङ्ग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ । हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।