काठमाडौं – देशका पहाडी तथा हिमाली भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।

पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा तथा बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।