काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभयो ।

“एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ,” अध्यक्ष नेपालले भन्नुभयो, “सबै पार्टीको विचार आउनुप¥यो ।”

उहाँले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गर्नुभयो । रासस