काठमाडौं – अध्यागमन विभागले अफ्रिकन मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालेको छ । नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गराएको हो ।
मन्त्रिपरिषद्को मङ्सिर १३ गतेको निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ । ती देशबाट आएका यात्रुले आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।
पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
यी ६७ देशबाट आएका यात्रुले क्वारेन्टिन बस्नुपर्ने छ :