काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना आजै सुरु गरिने भएको छ । सह–महामन्त्री पदको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मत गन्न लागिएको हो ।

काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज मधेसी महिलातर्फको मतगणना गरिनेछ । खुलातर्फको मतगणना भोलिदेखि हुनेछ । केन्द्रीय कार्यालय सानेपामै मतगणना गरिनेछ ।