काठमाडौं – सरकारले २९ जना द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा २९ जना द्वन्द्वपीडितहरुलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको बताउनुभएको हो ।

उहाँले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।