काठमाडौं – नेपाली काङ्ग्रेसको सह–महामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट खस आर्य क्लस्टरबाट राठौर सह–महामन्त्रीमा निर्वाचित हुनुभएको हो ।

देवराज चालिसेलाई पराजित गर्दै शेरबहादुर देउवा प्यानलका राठौर सह–महामन्त्रीमा निर्वाचित हुनुभएको काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ । चालिसेले शेखर कोइरालाको प्यालनबाट उम्मेदवारी दिनुभएको थियो भने राठौरले देउवा प्यानलबाट सह–महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो ।