काठमाडौं – सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेको पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।