काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई भेटेरै बधाई तथा शुभकामना प्रदान गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

आज बिहान उहाँहरूबीच भएको भेटमा वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि छलफल भएको थियो । सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।