सप्तरी – एकै परिवारका तीन जनाको दुर्घटनामा परी मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँ नै शोकमा डुबेका छ । बिहीबार दिउँसो मोटरसाइकलमा सवार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो । मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् ।

यी तीनसहित चार जना प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन् ।
मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने स्थानीयले बताएका छन् ।