काठमाडौं– नेकपा (एमाले) का नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गर्न लागेका छन् । मङ्सिर २५ र २६ गते बसेको पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज शुक्रबार दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १० गतेदेखि १४ गतेसम्म मङ्सिरमा सम्पन्न १० औं महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चितवनकै सौराह र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । यी बैठकले पार्टीमा ४४ जना केन्द्रीय सदस्यहरुको मनोनयनदेखि निर्वाचित ३ सय १ जना नेताहरुको कार्यविभाजन समेत गरिसकेको छ । आज आयोजित पत्रकार सम्मेलनमा यसैबारेमा जानकारी गराउन महासचिव पोखरेलले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।