काठमाडौं – रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा बुझाउनुभएको छ । नेपाली काङ्ग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले राजीनामा बुझाउनुभएको हो । महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै रक्षामन्त्री रिजालले सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ ।

महामन्त्रीको मतगणनामा प्रारम्भिक परिणाम सार्वजनिक भएलगत्तै आफूले राजीनामा दिन लागेको र अन्तिम मत परिणाम प्राप्त भएलगत्तै राजीनामा बुझाउने बताउनुभएको थियो ।