काठमाडौं – नेपाली को १४ औं महाधिवेशन अन्तगर्त पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको मतगणना मध्ये सभापति, उपसभापति र महामन्त्री पदको नतिजा प्रकाशित भैसकेको छ । सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भैसकेका छन् ।


सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मत गणना गर्ने काम बाँकी रहेकोमा अब सहमहामन्त्री पदको मतगणना गर्ने काम सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । पार्टी कार्यालय सानेपामा केही सयमपछि मतगणना गरिने छ । पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना गर्ने निर्वाचन समितिले जनाएको छ ।

काङ्ग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी थारु, खसआर्य, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।