काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको पदमा उम्मेदवार भै पराजित भए लगतै रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्रीपदबाट राजीनामा दिएका छन् ।


रक्षामन्त्री डा. रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केही समय अघिमात्रै राजीनामा पत्र बुझाएका छन् । मन्त्री रिजालले आफुले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । उनले अहिले केही बेरपछि पत्रकार सम्मेलन गर्दैछन् ।