काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको क्रममा महामन्त्री पदको लागि भएको निर्वाचनमा युवा नेता गगनकुमार थापा र पार्टी प्रवक्ता समेत रहेको विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्रीमा निर्वाचित थापाले ३ हजार २३ मत प्राप्त गरेका छन् भने शर्मा पनि २२४६ मत प्राप्तगरी महामन्त्रीमा निर्वाचित भएका छन् ।


सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहभन्दा बाहिरबाट दुवै युवा महामन्त्रीका रुपमा थापा र शर्मा विजयी भएका छन् । गगन थापा डा. शेखर कोइराला समूह र विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवार भएका थिए । महामन्त्रीमा छ जनाको प्रतिस्पर्धा रहेकोमा थापा र शर्माले बाजी मारेका छन् ।