काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट आगामी नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री पदको मतगणना काम पार्टी कार्यालय सानेपामा भैरहेको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार गगनकुमार थापा सबैभन्दा अगाडि देखिएका छन् । त्यसैगरी दोस्रोमा प्रवक्ता विश्वप्रकाश शर्मा छन् भने तेस्रोमा डा. प्रकाशशरण महत, चौथोमा प्रदीप पौडेल र पाँचौं स्थानमा डा. मीनेन्द्र रिजाल रहेका छन् ।


जसमा १४९५ मतगणना हुँदा गगन थापाले९५५ मत प्राप्त गरिसकेका छन् भने विश्वप्रकाश शर्माले ६६०, डा. प्रकाशरण महतले ४९१ , प्रदीप पौडेलले ४४९, मत र डा. मीनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन् । महामन्त्रीका राजाराम कार्की सहित छ जना प्रतिष्पर्धामा छन् । यी छ जना मध्येबाट दुईजना निर्वाचित हुनेछन् । ललितपुरको सानेपास्थित पाटीको केन्द्रीय कार्यालयमा मतगणना भैरहेको छ । भरेसाँझसम्ममा मत परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।