काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको हो ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई महामन्त्री चुनिने छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार साढे १० बजेदेखि सुरु गरिएको मतगणना करिब चार घण्टामा नतिजा सार्वजनिक हुनेछ ।