काठमाडौं – नेपाल विद्युत प्राधिकरणका सबै आय सङ्कलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द गरिने भएको छ । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मङ्सिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय सङ्कलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।