फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री को हुने भन्ने आज अबेरसम्म छिनोफानो हुँदैछ । महामन्त्रीको मतगणना कतिबजेबाट सुरु गर्ने विषयमा छलफल गर्न महामन्त्रीका प्रतिनिधिहरुको बैठक बस्दैछ । काङ्ग्रेस निर्वाचन समितिले महामन्त्रीको मतगणना गर्ने विषयमा छलफल गर्न प्रतिनिधिहरुको बैठक बोलाएको हो ।


महामन्त्रीका उमेदवारका प्रतिनिधिहरुसँग मतगणनाको समय तय गर्न निर्वाचन समितिले बिहान ८ बजेका लागि बैठकको समय तय गरेको हो । उक्त बैठकले महामन्त्रीको मतगणना कति बजे सुरु गर्ने निर्णय गर्नेछ । निर्वाचन समितिका सचिवले जानकारी गराए अनुसार ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर सबैको सहमतिमा मतगणना गर्नु पर्ने भएकोले केही ढिलाई हुन गएको निर्वाचन समितिले बताएको छ ।

छफलफमा महामन्त्रीका उम्मेदवारहरुको प्रतिनिधिहरु सहभागि हुने छन् । महामन्त्री पदको प्रतिस्पर्धामा डा. प्रकाशशरण महत, डा. मीनेन्द्र गगनकुमार थापा, प्रदीप पौडेल, रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा रहेका छन् । मतगणना ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा गरिने छ ।