काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूले आज शपथ लिँदैछन् । केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौजना गरी ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।