काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आगामी पुस १ गते अर्थात् भोलिदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५ सय ४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

हेर्नुहोस् विज्ञापन :