काठमाडौं – नेपाली काङ्ग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना आजै राति १० बजेपछि हुने भएको छ । राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिनुभएको हो ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि चुनाव दोस्रो चरणमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा जारी छ । सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा हुनुहुन्छ ।

देउवालाई पहिलो चरणमा सभापतिका पत्यासीत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने घोषणा गरेपछि देउवा सभापतिमा पुनः निर्वाचित हुने लगभग पक्कापक्की भएको छ ।