फाइल तस्वीर
काठमाडौं– नेपाली काङ्ग्रेस सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसक्दा नेतृत्वको छिनोफानो गर्न अहिले दोस्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेको वर्तमान सभापति शेरबहादुर देउवाको विरुद्धमा उठेका प्रकाशमान सिंहले अन्तिम सयमयमा देउवासँग मोलमोलाई गरेको उनकै समथर्न जुटेका छन् । सभापतिका उम्मेदवार समेत रहेका प्रधानमन्त्री देउवालाई समर्थन गर्नुको कारणबारे प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले यस्तो निर्णय लिएको बताएका छन् ।

पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका हुन् । । वर्तमान सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए ।


पहिलो चरणमा पाँच जना प्रत्यासी रहेकोमा दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको छ । देउवालाई अन्तिम समयमा आएर विमलेन्द्र नीधि, प्रकाशमान सिंहले नै साथ दिंदै शेखर कोइरालालाई चुनौती दिएका छन् । सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मङ्गलबार दिउँसो ४ बजेदेखि सुरु भएको छ ।


आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भने– ‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ ।’ प्रधानमन्त्री देउवाले सिंह र नीधिलाई पद र आर्थिक प्रलोभनमा पारी आफ्नो पक्षमा तानेको राजनीतिक वृत्तमा अहिले चर्चा हुन थालेको छन् ।

हिजोसम्म देउवासँग कटाक्ष गरेका सिंह र नीधिले एक्कासी यस्तो निर्णय गर्नुको पछाडि के त ? भन्ने विरोधाभाष कुराहरु बाहिन थालेका छन् । देउवासँग शक्ति बाँडफाँटको कुरा भएको र राष्ट्रिय निर्वाचनपछि काङ्ग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको जानकारी आफ्ना मतदाताहरुलाई गराउँदै देउवालाई मतदान गर्न निर्देशन दिएका छन् । हिजोसम्म पार्टीको विचार र कार्यनीतिको वकालग गर्नेहरु नै क्षणभरमै देउवा सामु लत्रनुलाई विशेष अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।